शुक्रबार, चैत्र १६, २०८०

लोकतन्त्र र प्रेस जगतमाथि अनेकन प्रहारको परिपञ्च भइरहेको नेता पौडेलको आरोप

काठमाडौं माघ १४ , काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आभारस्तम्भका प्रारुपमा रहेको प्रेस जगतको अधिकार प्रभावित बनाउँन सत्तारुढको तर्फबाट अनेकन परिपञ्च भइरहेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले पछिल्लो समय यो वा त्यो वहानामा लोकतन्त्रको मर्ममाथि प्रहार हुनेक्रम बढ्दो रहेका कारण लोकतान्त्रिक शक्तिहरु सतर्क र जागरुक हुँदै एकाकार हुन आवश्यक रहेको बताउँनुभएको छ। त्यस्तै उहाँले पार्टीगत आन्तिरिक अवस्थाको सवालमा पार्टीमा भागबन्डा नभई शक्ति बाँडफाँट गरिएको जनाउ दिनु भएको छ ।

कार्यक्रममा राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डे ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेल ,नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्य , डा शोभाकर पराजुली, युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट लगायतले मुल संविधानले प्रत्यायोजित गरेको अधिकार विपरित अघि बढाइएका कुनै पनि विधेयक आफूहरुलाई मान्य नभएके बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।