शुक्रबार, बैशाख ७, २०८१

रु १९ लाख घुस लिँदालिँदैको अवस्थामा सडक डिभिजनका पमुख सहित इञ्जिनीयरद्दय समातिए

काठमाडौ पुस १९,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास टोलीलेले सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव९इन्जिनियर विरेन्द्रकुमार साहलाइ रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानीको क्रममा सेवाग्राहीबाट घुस वापटको रकम लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवासबाट शुत्रलवार पक्राय ग।िएको जनाएको छ ।

त्यस्तै आयोगले कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानीको क्रममा सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त प्रमुख विनोद साहलाइ पनि रु ३ लाख घुस लिँदालिँदैको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।