शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौ पुस २०, आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था प्रावधान अनुरुप आगामी फागुन २० गतेबाट १९ जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित समेतको दुईवर्षे कार्यकाल सकिनेभएसंगै रिक्त सदस्यको लागि निर्वाचनका लागि आयोगद्दारा यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुन लागेको हो ।

त्यस्तै मनोनयन दर्ताके लागि आयोगले व्यवस्था गरेको निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालतमा उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

साथै महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुुपन पनि आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।