बुधबार, बैशाख १२, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश नं २ मा काँग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेलको सहमति

काठमाडौं पुस १८ , आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र अर्को समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

सहमति अनुसार प्रदेश नं २ मा हुने ४ पदको निर्वाचनमा काँग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । त्यस्तै काँग्रेसले प्रदेश नम्बर २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला)लाई उम्मेदवारी बनाउने तयारी भएको काँग्रेस सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।