बिहिबार, चैत्र १५, २०८०

राष्ट्रियसभाका १८ सदस्यका लागि ४५ उम्मेदवारको मनोनयन दर्ता

काठमाडौ पुस २०,  राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ७ वटै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता कार्यक्रम अन्र्तगत ४५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सत्तारुढदल नेकपाका तर्फबाट ९ , नेपाली काँग्रेसका ७ , राजपाका २ र समाजवादी पार्टीका १सदस्यको रिक्त हुने स्थानका  लागि बिहान १० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको जनाएको छ ।

त्यस्तै आयोगले आज मनोनयन दर्ता कार्यक्रम अन्र्तगत प्रदेश नं १ प्रदेश नं २ प्रदेश नं ३ , गण्डकी प्रदेश प्रदेश नं ५ ,कर्णाली प्रदेश र देश नं ७ मा समेत गरि कुल ४५ जनाको उम्मेदवारी दर्ता भएको   जनाएको छ । साथै प्रस्तुत निर्वाचनको गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्ने जनाएको छ । साथै निर्वाचनबाट महिला ७ , दलित २, अल्पसङ्ख्यक २ र अन्य समूहबाट ७ सदस्य गरि १८ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।