शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा रोटरी न्यूरोड सिटीको BMD TEST शिविर

काठमाडौं पुस २६ , पछिल्लो समय महिला पुरुष दुवैमा साझा समस्याको रुपमा देखिएको हड्डी खिइने रोगको समयमानै पहिचान गर्दै त्यसको निदानका उपाय अपनाउँन सहज होस भन्ने लक्ष्य सहित शनिवार रोटरीक्लव अफ न्यूरोड सिटीले कामपा वडा न २०स्थित शान्तिनी कुञ्ज माविको सहकार्यमा एक दिने नि शुल्क BMD TEST शिविरको आयोजना गरेको छ ।

मानिसको उमेर छिप्पिदैँ जाँदा हड्डीमा देखिने कमजोरीपना, जो कालान्तरमा हड्डी भाचिने अवस्था सम्म पुग्नसक्ने पिडा न्यूनिकरणसंगै मानव शरिरको हड्डीमा हुन सकने यावत समस्याको वेलैमा उपचारका लागि चेतना अभिवृद्धि गर्ने लक्ष्य सहित प्रस्तुत कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष भगवती जोशीले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।