शुक्रबार, चैत्र १६, २०८०

माघ १० मा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस हुने

 काठमाडौं माघ ६ , संसार क्रियसनको आयोजनामा आगामी माघ १० गते नेपाल भाषाको कला क्षेत्रमा समर्पित स्रष्टा सर्जको सम्मानमा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस २०१९ को आयोजना हुने भएको छ ।

उतकृष्टताको आधारमा नेपालभाषाका म्युजिक भिडियो लाइ विभिन्न विधामा सम्मानीत गरिने जानकारी आयोजक संस्थाले दिएको छ । साथै प्रस्तुत अर्वाड कार्यक्रम नेपालभाषाको सबैभन्दा बढी बिधामा पुरस्कार दिइने अवार्ड भएको बताउँदै आयोजक संस्थाले संसार सप्तरंगी अवार्ड विधा अन्र्तगत अग्रज अभिनेता तथा निर्देशक पवन जोशी, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरे, उस्ताद मनराजा नकर्मी, नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठ, नायिका हिसिला महर्जन, गायक जुजुकाजी रञ्जित र मेकअप आर्टिष्ट सनमकुमार घायललाई प्रदान गरिने भएको छ भने संसार मल्टीप्र्रपोज अवार्ड पत्रकार ललेन्द्र शाक्यलाई सम्मानीत गरिने जानकारी दिएको छ ।

त्यस्तै अर्वाड सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लाइफ टाइम एचिभमेन्ट अवार्डसबाट नेपालभाषाका अग्र्ज संगीतकर्मी अमरराज शर्मालाई प्रदान गरिने जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।