शनिबार, बैशाख ८, २०८१

मण्ड बचतको १२ औ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन जगदिश्वर

काठमाडौं पुस २७ , काठमाडौं महानगरपालिका वडा १९ ढोकाटोलस्थित मण्ड बचत तथा ऋण सहकारी संस्थाले शनिवार एक विशेष कार्यक्रमकावीच १२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको कामपा वडा न. १९का वडाध्यक्ष शशिलाल श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष दिनेश ताम्राकारको स्वागत अभिव्यक्तिबाट शुरु भएको  कार्यक्रमको औपचारिक सत्रमा प्रमुख अतिथी श्रेष्ठले सहकारीको आवश्यकता दिनानुदिन बढ्दो रहेको बताउँदै सहकारीको विश्वसनियतालाइ कायम राख्न सहकारी व्यवस्थापनले   आफुलाइ बचतकर्ता मैत्री बनाउँन आवश्यक रहेकोमा जोड दिदै सहकारी भन्नु नै विश्वसनियताको प्रतिविम्व भएकोे बताउँनु भएको छ । त्यसअवसरमा संस्थाको तर्फबाट उहाँले असल बचतकर्ता र असल ऋणीलाइ  सम्मान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव श्रीजन झाले पछिल्लो समय सहकारीको व्यवस्थापन अनेकन समस्या देखिएको कारण अवका दिनमा नियमक निकायले मात्र नभइ बचतकर्ता समेतले सुक्ष्म नियमन गर्न आवश्यक रहेको बताउँदै बचत कर्ता र सहकारी सञ्चालकवीचको मैत्रीपूर्ण सम्बन्ध आवश्यक रहेको बताउँनु भएको छ ।  संस्थाका कोषाध्यक्ष प्रवीन महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष जगदिश्वर शाहीले संस्थागत गतिविधीमथि  प्रकाश पार्नु भएको  थियो ।

यसैवीच सहकारीको ९औ साधारणबाट आगामी ३ वर्षका लागि पुन जगदिश्वर शाहीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरिएको छ । नवनिर्वाचित कार्य समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस दिनेश ताम्राकार ,गोपाल मानन्धर र प्रवीन महर्जन सहितको कार्य समितिलाइ   निर्वाचित गरेको छ ।