शुक्रबार, चैत्र १६, २०८०

भ्रमण वर्ष सफल बनाउन आन्तरिक पर्यटनको प्रवद्र्धन आवश्यक : वक्ताहरु

अनुप प्रधान /काठमाडौ पुस २३, नेपाल भ्रमणवर्ष २०२० लाइ लक्षित गर्दै ‘स्वयम्भू जाउ, नेपाल पर्यटन वर्ष मनाऔं भन्ने मुल नारा सहित आयोजित सप्ताहव्यापी स्वयम्भू महोत्सवको समापनसत्रका वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन आन्तरिक पर्यटनको प्रवद्र्धनको महत्वपूर्ण भूमिका रहेका बताएका छन । कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आन्तरिक पर्यटकीय सम्भावना बोकोका स्थानलाई पहिचान गरी प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

त्यस्तै संघीय सासंद जीवनराम श्रेष्ठले विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विधिधताको प्रचारप्रसार गरी भ्रमण वर्ष २०२० लाइ फिल बनाउँनु पर्नेमा जोड दिदै गर्दा महानगर प्रमुख विद्यासुन्दर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानको पहिचानलाई विश्वभर फैलाउन कामपा प्रतिवद्ध रहेको जनाउ दिनु भएको छ ।

त्यस्तै कार्यक्रममा वडा न १५ का अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोल लगायतले वोल्नु भएको थियो ।साथै समापन सत्रको अवसरमा विभिन्न संसंस्थाका प्रतिनिधीलाए कदरपत्र सहित सम्मानी समेत गरिएको थियो ।

साताव्यापी महोत्सवको समापन सत्र अघि नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरीसेवा केन्द्र, स्थानीय सामुदायिक सङ्घ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागितामा बसन्तपुर देखि स्वयम्भवीचको सम्पदामार्गबाट पदयात्रा गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।