शुक्रबार, चैत्र १६, २०८०

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनप्रति दुःख व्यक्त

काठमाडौं माघ १६ , अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

यसैवीच नेपाल पत्रकार महासङ्घले बाँके शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत स्व पत्रकार गुप्ताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

महासङ्घका महासचिव रमेश विष्टले आज शोक विज्ञप्ति जारी गर्दै नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगत्ले एक सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको उल्लेख गर्नुभएको छ ।  लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई महासङ्घले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।