बिहिबार, बैशाख १३, २०८१

प्रदेश नं ३ को नाम र राजधानीको निर्णय मतदानबाट

काठमााडौ पुस २६,  प्रदेश नं ३ को नाम र राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । पहिलो प्रस्तावमा हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावलाइ प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ ले समर्थन गर्नभएको छ ।

त्यस्तै दोस्रो प्रस्तावमा काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाइनुपर्छ भन्न े विवेकशील साझा दलका नेता रमेश पौडेलको प्रस्तावमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्यले समर्थन गरेका छन । प्राप्त जानकारी अनुसार प्रदेशसभाका ११० जना सदस्य मध्ये १सय ३ जना सदस्यको मत हेटौँडा राजधानी केन्द्रीत रहेको छ भने बाँकी ३ जना सदस्यको मात्र फरक मत रहेको बताइएको छ ।

यसेैवीच प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय हुने बताउँनु भएको छ । समामुख श्रेष्ठका अनुसार आइतवारको बैठकबाट केखि नितिगत निर्ण हुन नसेका कारण प्रदेशसभाको आइतबार बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रिया अवलम्न गरिने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।