बिहिबार, चैत्र १५, २०८०

पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत घुस रकम सहित पक्राउ

सामुदायिक वनका अध्यक्षसहित १३ विरुद्ध मुद्दा दायर

काठमाडौ पुस २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ३ पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ । आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग रु २२ हजार घुस माग्दै गर्दा पक्राउ गरेको हो ।

त्यस्तै आयोगले जारी विज्ञप्तिमा लेखा अधिकृत विष्णुहरि पुडासैनीलाइ एकान्तकुनाबाट पुस २५ गते पक्राउ गरेको भएपनि अनुसन्धान पछि आज सार्वजनिक गरेको हो ।

यसैवीच आजै आयोगले सेतीदेवी सामुदायिक वन उपभोक्ता समूह मकवानपुरका अध्यक्ष र जिल्ला वन कार्यालय हेटौंडाका तत्कालीन जिल्ला वन अधिकृत सहित  १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा सामुदायिक वनका पदाधिकारी र सरकारी कर्मचारीको मिलेमतोमा ठूलो आर्थिक हिनामिना भएको अनुसन्धानको क्रममा पाईएको उल्लेख गर्दै आयोगले वन उपभोक्ता समितिका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोले, तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, तत्कालीन सहायक वन अधिकृतहरु रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालालप्रसाद जैसवाल र नारायणबहादुर कार्की, तत्कालीन रेन्जर राजु लामा, तत्कालीन फरेष्टर मोहनराज घिमिरे, तत्कालीन वन रक्षकद्वय किरणकुमार क्षेत्री र धनलाल यादव विरुद्ध समेत रु १ करोड ५२ लाख १९ हजार ३२६ बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।