शुक्रबार, बैशाख ७, २०८१

पश्चिमी वायुको प्रभावका कारण मौसम खुल्ने र बदली हुने क्रममा तिव्रता

काठमाडौ माघ ७ , जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना अझै तर्न नसकेको जनााएको छ । प्रस्तुत पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण मुलुकको पश्चिमी भेगका एकाध स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले पश्चिमी न्यूनचापीय वायुका कारण मुलुकको  मौसमी अवस्थामा उतारचढाव हुने क्रमले निरन्तरात पाएसंगै केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था पुनरावृत भइरहेको जनाएको छ ।

साथै महाशाखाले बुधवार र विहिवारको मौसम सामान्यतया सफा रहेपनि तराई भूभागमा र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाउँदै  महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु