शुक्रबार, चैत्र १६, २०८०

पश्चिमी न्युन चापीय वायुको प्रभाव : देशैभर वर्षा र बदली

काठमाडौं माघ ३,  देशैभर अहिले पश्चिमी न्युन चापीय वायुको प्रभाव रहेको छ। जसको कारण नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा सामान्य देखि पूर्णतया बदली रहेको भने काठमाडौं उपत्यकामा विहिवार साँझ देखिनै वर्षा भइरहेको छ ।

त्यसो त जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार माघ ३ गते शुक्रबार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहने संभावना यसअघिनै सार्वजनिक गरिसकेको छ ।

त्यस्तै महाशाखाले उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै शनिबार दिउँसो देशभर पनि बदली वर्षाको संभावना रहेको जनाउँदै महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना र आइतबार दिउँसो देशको पहाडी भू९भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा को संभावना औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।