शुक्रबार, चैत्र १६, २०८०

पश्चिमी नेताहरुले लगाउँदै आएको बोइङ दुर्घटनाको आरोप इरानद्दारा अस्वीकार

एजेन्सी पुस २५, १७६ जना यात्रुको मृत्यु हुने गरि दुइ दिन अघि राजधानी तेहरान नजिकै भएको बोइङ दुर्घटना इरानको मिसाइल आक्रमणबाट भएको पश्चिमी नेताहरुले आरोप लगाउँन थालेको समाचार एजेन्सीहरुले जनाएका छन ।

समाचार एजेन्सीका अनुासर बोइङ दुर्घटनाको न्यायिक छानविनका लागि माग गर्दै  क्यानडा र बेलायतका नेताहरुले बताएपनि इरानले भने आफ्नो प्रतिरक्षा प्रक्षेपणबाट मिसाइल हमला नगरेको दाबी सहित आफूमाथि लगाइएको आरोपको खण्डनसमेत गरेको छ ।

इरानले अमेरिका वीच सैन्य कमाण्डरको हत्यापछि विवाद  चुलिएको   अवस्थाका वीच भएको बोइङ दुर्घटना भएको भन्दै यसकिसिमको आरोप – प्रत्यारोप   शुरु भएको हो ।  यसैबीच अमेरिकासँग तनाव बढेसँगै इरानले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स र उडानका रेकर्डहरु बोइङ विमान निर्माता कम्पनी वा अमेरिकालाई हस्तान्तरण नगर्ने स्पष्ट पारेको बीबीसीले जनाएको छ । फोटो :गुगल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।