शुक्रबार, चैत्र १६, २०८०

पर्यटन प्रवद्र्धनमा क्रियाशील सात पत्रकारलाई लेखनवृत्ति दिइने

काठमाडौं पुस १६,  गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाको तर्फबाट नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन काठमाडौं आइपुगेको टोलीले नेपालको पर्यटन प्रवद्र्धनमा क्रियाशील सात जना पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने भएको छ ।

लेखनवृत्ति प्रदान सम्बन्धी सहमतिमा बुधबार नेपाल पत्रकार महासंघ र गैर आवासीय नेपाली संघ अस्ट्रेलियाबीच हस्ताक्षर भएको हो ।  हस्ताक्षर कार्यक्रममा   दिईएको जानकारी अनुसार    नेपालको पर्यटन सम्बन्धी उत्कृष्ट सामग्री तयार गर्ने सातै प्रदेशका सात जना पत्रकारलाइ जनही ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने  भएको  छ ।

हस्ताक्षर    कार्यक्रमा  नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर , अस्ट्रेलिया नेपाल गौरवमय यात्रा २०२०’ का संयोजक खेम शर्मा ,प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ ,महासंघका महासचिव रमेश विष्ट  ,गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट   लगायतले लेखनवृति विषयमा वोल्नु भएको थियो ।

सन २०२० को  शुभारम्भका  दिन भएको   सहमति अनुसार नेपाल पत्रकार महासंघका अध्यक्ष संयोजक रहेको छनौट समितिमा अस्ट्रेलिया नेपाल गौरबमय यात्रा टिमका संयोजक, प्रेस काउन्सिल नेपालका सदस्य, अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसनका प्रतिनिधि र नेपाल पत्रकार महासंघका महासचिब सदस्य रहको समितिले छनौट गरेका पत्रकारलाइ नेपाली नयाँ वर्ष आगामी बैशाख १ गते सातै प्रदेशमा कार्यक्रम आयोजना गरी उक्त रकम पुरस्कृत पत्रकार लाइ हस्तान्तरण गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।