शुक्रबार, चैत्र १६, २०८०

पदको दुरुपयोग गर्दै गैरकानूनी सम्पत्ति आर्जन गर्ने अर्थका उपसचिव ढुङ्गाना विरुद्ध मुद्धा दायर

काठमाडौ पुस १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोभले लाभ लाभले विलाप भने जस्तै पदिय दायित्वको दुरुपयोग गर्दै अकुत सम्पति आर्जन गरेको अभियोगमा अर्थ मन्त्रालय तत्कालीन उपसचिव राजेन्द्र ढुङ्गाना विरुद्ध मुद्धा दायर गरेको छ । सरकारी सेवाबाट २०७५ साल असार ३२ गतेबाट सेवा निवृत भएका ढुङ्गाना उपर आयोगले छानविनको क्रममा स्रोत नखुलेको सम्पत्ति अधिक भएको पाइएसंगै मुद्धा दायर गरेको हो ।

आयोगका अनुसार ढुङ्गानाको वैध आय रु ७९ लाख ५४ हजार ७९५ रहेको छ तर सोही अवधिमा ढुङ्गानाले रु ५ करोड ४८ लाख ३ हजार ३५१ बराबरको खर्च तथा लगानी गरेको पाइएको जनाएको छ । त्यस्तै आयोगले अनुसन्धानको क्रममा निजको खर्च तथा लगानीमध्ये रु ४ करोड ६८ लाख ४८ हजार ५५६ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको जनाउँदै सार्वजनिक पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा ढुङ्गानाविरुद्ध हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा स्रोत नखुलेको उक्त रकम बराबरको बिगो कायम गर्न तथा सो बराबरको सम्पत्ति जफतका लागि मुद्दा दायर गरेको छ ।

साथै निजले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी आफूलगायत श्रीमती मधु कोइरालाका नाममा समेत राखेको अनुसन्धानको क्रममा पाइएका कारण निजविरुद्ध समेत मुद्धा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।