बिहिबार, चैत्र १५, २०८०

नेपाल प्रहरीका एसएसपी राणा यौन दुर्व्यवहारको आरोपमा निलम्बित

काठमाडौं माघ १७,  गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपी सौरभ राणालाइ यौन दुर्व्यवहारको आरोप लागेसंगै निलम्बन गरेको छ ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत एसएसपी राणाले धरानकी एक महिलाले आफुलाइ यौन दुर्व्यवहार गरेको उजुरी सहित मन्त्रलायमा  उजुरी दर्ता गरेसंगै गृहले रााालाइ निलम्बन गर्दै थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरेको छ ।

यसअघि गत ती महिलाले गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित भएको जानकारी गराइकी थियीन । तर एसएसपी राणाले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।