शुक्रबार, बैशाख ७, २०८१

नेतात्रयवीचको छलफल: चालु संसदको अधिवेशनबाट आयोगसम्बन्धी काम टूङ्गो लाग्ने

काठमाडौ माघ ३, प्रधानमन्त्री एवं सत्तारूढ नेकपाका अध्यक्ष केपी ओली अर्का अध्यक्ष प्रचण्ड र प्र्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको क्रममा नेतात्रयवीच द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दा लगायतका विषयमा गहन छलफल सहित आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको बताईएको छ ।

त्यस्तै उहाँहरुवीचको छलफलमा चालु संसदको अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएपनि समितिले आयोगका लागि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न नसकेसंगै आयोग गठनको प्रक्रिया थप जटिल बन्दै गएको हो । छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, काँग्रेस नेता डा मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु