शुक्रबार, बैशाख ७, २०८१

नेकपा बैठक: राजनैतिक प्रतिवेदनमाथि आजबाट समूहगत छलफल शुरु

काठमाडौ माघ १६,  सत्तारुढ नेकपाको राजधानीमा बुवाबाठ शुरु भएको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुने भएको छ । प्राप्त जानकारी अनुसार वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको बताईएको छ ।

४सय४१ केन्द्रीय सदस्यलाई समूहगत छलफलका लागि १५ समूहमा विभाजन गरिएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको छ ।  त्यस्तै बन्दसत्रमा नेकपा अध्यक्ष ‘प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो भने महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै आज प्रचण्डकोे राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको थापाले जानकारी दिनु भएको छ । साथै बैठक बुधवारबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु