शुक्रबार, चैत्र १६, २०८०

नेकपाको पूर्व निर्धारित केन्द्रीय कमिटी बैठक स-यो

काठमाडौ पुस २०, आगामी बुधवारबाट शुरु हुने भनिएको सत्तारूढदल नेकपाको केन्द्रीय कमिटीको बैठक आगामी माघ १५ गते बस्ने गरि स्थगन गरिएको छ । नेकपाको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यसवीचमा राष्ट्रियसभा सदस्यकको निर्वाचनको समेत परेको र सोका लागि तयारी गर्नुपर्ने बताउँदै पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठकको मिति सार्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी ओली र ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव उपर छलफल गर्ने विषयगत एजेन्दा रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।