शनिबार, बैशाख ८, २०८१

नक्कली भ्याट बिलविजक प्रयोग गरी राजश्व चुहावट गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौ माघ १३ , राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमो तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।यसरी मुद्धा दायर गरिएकाहरुमा क्रमस रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्के , हैटौँडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदी रहेको विभागले जनाएको छ ।

त्यस्तै विभागबाट प्राप्त जानकारी अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाख बराबरको राजश्व चुहावट गरेको जनाउँदै निजले वस्तु तथा सेवा नै खरिद नगरी नक्कली भ्याट बिल बनाइ भ्याट र आयकरसमेत छली गरेको पाइएको छ । विभागका अनुसार मास्केले रु चार करोड ३२ लाख ६९ हजार २८३ बराबरको भ्याट तथा रु १० करोड ५४ लाख ३९ हजार ५९५ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

यस्तै अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपाने र कर्मचारी सवेदीले रु ८ करोड ६२ लाख बराबरको नक्कली भ्याट बिल बनाइ राजश्व चुहावट गरेको जनाउँदै निजहरुले ५० लाख १४ हजार १९८ बराबर भ्याट बिल र रु छ करोड १२ लाख चार हजार ६०२ बराबरको आयकर चहुावट गरेको अनुसन्धानको क्रममा खुलेको विभागले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।