बुधबार, बैशाख १२, २०८१

धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

काठमाडौ पुस २७, राष्ट्रिय मानव अधिकार आयोगले गत पुस २५ गते धनुषामा मानवाधिकार रक्षक ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ आयोगका निम्त्ति सचिव निर्देशक मुरारीप्रसाद खरेलद्दारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजीकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाउँदै प्रस्तुत घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लङ्घन भएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।