शुक्रबार, चैत्र १६, २०८०

देशभर पूर्ण बदली र वर्षासंगै चिसो बढ्यो, चिसोबाट जोगिने उपाय अपनाउन आग्रह

काठमाडौं पुस २३, मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण केहि दिन यता सफा हुँदै आएको मौसमी प्रणालीमा उतारचढाव हुने क्रममा आज काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैवीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा  आगामी तीन दिनको मौसम   निम्नानुसार रहने जनाएको छ ।

पौष २३ गते (बुधबार) रातीः देशभर सामान्य देखि पूर्ण  बदली रही पश्चिमका अधिकांश  स्थानहरुमा र मध्य र पूर्वका केहि  स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

पौष २४ गते (बिहीबार)  दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक /दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ ।

पौष २५ गते (शुक्रबार)  दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।

रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ । साथै महाशाखाले वर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपायहरु अपनाउन अनुरोधसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।