शुक्रबार, बैशाख ७, २०८१

जात्रा,पर्व र संस्कृतिको निरन्तरताका लागि महानगर प्रतिवद्ध : महानगर प्रमुख शाक्य

महानगर प्रमुख विद्यासुन्दर सम्मानीत

काठमाडौ माघ १२ , काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई आइतबार वर्तमान तथा भूतपूर्व जीवित श्री गणेश श्री भैरव संरक्षण समितिले सम्मान गरेको छ । महानगरको वडा नं २१ त वहा, लगंमा आयोजित कार्यक्रममा प्रमुख शाक्यलाई सम्मान गरिएको हो ।

यसअघि आफ्नो जीवनको अमूल्य बाल्यकाल श्री गणेश र भैरवका रुपमा रहनुभएका जीवित देवीदेवताको महत्व मनन गरेर यसको संरक्षण, बिकास र निरन्तरताका लागि महानगरकातर्फबाट मासिक भत्ता व्यवस्था र अमूर्त संस्कृतिको संरक्षणका लागि महानगरपालिकाले आर्थिक वर्ष २०७०÷०७१ देखि पुर्व कुमारीलाई मासिक १० हजार र पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले भत्ता प्रदान गर्दै आएकोमा २०७५ सालबाट साविक रकमलाई बढाएर पूर्व कुमारीलाई १५ रुपैयाँ र पूर्व गणेश तथा भैरवलाई मासिक १२ हजार रुपैयाँ भत्ता प्रदान गर्ने व्यवस्था कायम गरेको छ ।

सम्मानपछि कार्यक्रममा बोल्दै महानगरप्रमुख शाक्यले इन्द्रजात्राको दिगो व्यवस्थापनकालागि काठमाडौं महानगरपालिकाले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा क्रमस महानगरपालिकाले २ करोड नेपाल सरकारकातर्फ बाट १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारकातर्फबाट १ करोड रुपैयाँ र गुठी संस्थानबाट ५० लाख रुपैयाँ गरि ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरिसकेको जानकारी दिदै संस्कृति जात्रा र पर्वको निरन्तरताका लागि महानगर प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ ,कामपा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य लगायतले अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका पूर्व प्रमुखहरु, श्री गणेश भैरव खट व्यवस्थापन उप–समितिका सदस्य तथा इन्द्रजात्रामा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ सस्थालाई समेत सम्मान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु