शुक्रबार, चैत्र १६, २०८०

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०६ पुग्यो

काठमाडौं माघ १४/ एजेन्सी, चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०६ पुगेको समाचार एजेन्सीले जनाउँदै पछिल्लो सूची अनुसार ४ हजार भन्दा बढी संक्रमित भेटिएको जनाएको   छ ।

चीनमा भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।

समाचर एजेन्सीका अनुसार चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका १६ देशमा गरी कम्तिमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।