शुक्रबार, चैत्र १६, २०८०

गुणस्तरिय औषधि र व्यवसायीमैत्री वातावरणको लागि विभाग प्रतिवद्ध :महानिर्देशक ढकाल

काठमाडौं पुस २७, मुलुकको औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागको महानिर्देशकमा विभिन्न आरोह अवरोह लाइ छिचोल्दै पु महानिर्देशकको जिम्मेवारी प्राप्त गर्न सफल हुनु भएको महानिर्देशक नारायण ढकाललाइ औषधि जगतका सम्वद्ध एवम् सरोकारवाला संघ संस्थाको तर्फबाट कार्यकाल सफलताको कामना गर्दै  शुभकामना दिईएको छ । यसैक्रममा औषधि आयातकर्ता संघका अध्यक्ष अन्जन पुडासैनी नेतृत्वको प्रतिनिधी मण्डलले आज विभागमा आयोजित एक अनौपचारिक कार्यक्रमकावीच महानिर्देशक ढकालको पछिल्लो कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिनु भएको छ ।

त्यसक्रममा संघले औषधि जगतमा नयाँ आयामको संभावना उजागर गर्दै विभागलाइ व्यवसायीमैत्री बनाउँन महानिर्देशक ढकालबाट योगदान हुनेछ भन्ने विस्वास तमाम व्यवसायीको रहेको भन्दै  औषधि र औषधि व्यवसायमा विद्यमान यावत समस्या निराकरणका लागि सहकार्य गर्न व्ययवसायी तयार रहेको जनाउ दिएको थियो ।

त्यस्तै शुभकामना ग्रहण पछि महानिर्देशक ढकालले  आयातकर्ता संघको प्रतिनिधीमण्डलसंग विगतका यावत तितामिठा   कमीकजोरीलाइ विर्सेर आगामी दिनमा नयाँ शिराबाट औषधि जगतमा नयाँ आयाम सिर्जना गर्दै गुणस्तरियताकाका लागि आआफ्नो क्षेत्रबाट जिम्मेवार सवै संघसंस्थाले पहलकद्मी लिन आवश्यक रहेको बताउँदै विभाग सदैव गुण्स्तरिय  औषधि र व्यवसायीमैत्री वातावरणको लागि प्रतिवद्ध रहेको बताउँनु भएको संघका महासचिव पवन आचार्यले जानकारी दिनु भएको छ । त्यसअवसरमा विभागका यसअघिका निमित्त महानिर्देश पानबहादुर क्षेत्री सूचम अधिकारी सन्तोष केसी लगायतको उपस्थिती  रहको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।