शुक्रबार, चैत्र १६, २०८०

गंगालाल हृदय केन्द्रको २४औं वार्षिकोत्सव, महानगरको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिने

उपप्रम पोखरेलद्दारा महानगरपालिकाको सराहना

मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात

काठमाडौं माघ १५ , उपप्रधानमन्त्री इश्वर पोखरेलले, महानगरपालिकाले बिशेषज्ञ सेवा प्रदायक स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरेको कामको सराहना गर्दै महानगरको दक्षताले सकेको आफैं र नसकेको ठाउँमा सक्नेको सहयोगमा काम गर्ने सोच आफैमा दिगो हुनुको अलावा त्यस्तो सोचले निरन्तरता समेत पाउँने बताउँनु भएको छ ।

सहिद गंगालाल हृदय केन्द्रको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रम पाखरेलले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो । त्यस्तै केन्द्रको २४औं वार्षिकोत्सवका अवसरमाकाठमाडौं महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गराउँन अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

शहीद सप्ताहको कार्यक्रम पारेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

प्रस्तुतसम्झौताबमोजिम केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरीद खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ। यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिनेछ। प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ।

सम्झौतापत्रमा हस्ताक्ष पछि महानगर प्रमसख शाक्यले महानगरले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याएको जानकारी दिदै रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढ्ने बताउँदै नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सक्ने सहयोग गर्न महानगर सदैव तयार रहेको   बताउँनु भएको  छ ।

साथै त्यस अवसरमा हृदय केन्द्रले बीमित बिरामीको उपचारका लागि राष्ट्रिय बीमा बोर्ड सम्झौता गरेको छ ।  त्यसै अवसरमा बिरामी कुरुवा घरको व्यवस्थापनका लागि मृगेन्द्र चिकित्सा गुठीले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

यसैवीच सहिद गंगालाल हृदय केन्द्रले २४औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको छ।अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले सेवाको सुरुवात गर्दै प्रस्तुत सेवाको सुरुवातसँगै बिरामी वा बिरामीका आफन्तले टिकट काट्नका लागि अस्पतालमा पुगेर लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ती पाउने बताउँनुभएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।