शुक्रबार, चैत्र १६, २०८०

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने पर्यटक उच्च निगरानीमा : मन्त्री भट्टराई

काठमाडौं माघ १३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।

मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री भट्टराईले छिमेकी मुलुक चीनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको जनाउ सहित भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको जानकारी दिनु भएको छ । साथै उहाँले चीनीया पर्यटकलाई उच्च निगरानीमा राख्दै कोरोना भाइरस नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार रहेको बताउँदै अत्तालिन नहाल्न आग्रह गर्नु भएको छ ।

त्यस्तै छलफलको क्रममा मन्त्री भट्टराईले स्वास्थ्य मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिनुको अलावा विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएको जानकारी दिदै सरकारले काठमाडौँ उपत्यकामा कोरोना प्रभावितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्ने व्यवस्था मिलाएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।