मङ्लबार, बैशाख ४, २०८१

कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक प्रकरणका ह्याकर नेपाल पक्राउ

काठमाडौं २० पुस,  कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी १ करोड रुपैयाँ ठगी प्रकरणमा फरार रहेका मोरङ रंगेली नगरपालिका९२ का ४३ वर्षीय दिपक नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

  प्रहरीका अनुसार नाइजेरियन र भारतीय नागरिकसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहबाट ५ अर्व रुपैयाँ (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई बिभिन्न नेपाली नागरिकलाई प्रयोग गरी रकम लुट्दै आएकानेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको गोल्फुटार शाखाबाट ९ लाख रुपैयाँको चेक साट्न पुगेको अवस्थामा पक्राउ गरेको हो

त्यस्तै नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको जानकारी दिदै महाशाखाले नेपालको बैक खातामा  लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये १ करोड मौज्दात रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।