बिहिबार, चैत्र १५, २०८०

काँग्रेस सभापति देउवालाइ भेट्न बूढानीलकण्ठ पुगे नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौ पुस २१ सत्तारुढदल नेकपाका अध्यक्ष प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवा निवास बूढानीलकण्ठ भेटवार्ता भएको छ ।

भेटवार्ता मुलत शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषय अन्र्तगत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रीत रहेको बताईएको छ ।

भेटवार्ताको क्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल समेतको उपस्थिती रहेको थियो । भेटवार्ताका क्रममा काँग्रेस सभापति देउवाले प्रचण्डलाइ  सरकारले ल्याएका मिडिया काउन्सिल लगायतका विवादास्पद विधेयक फिर्ता लिन समेत आग्रह गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।