शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस भित्र चुलिएको विवाद तत्कालका लागि मथ्थर

काठमाडौं माघ ११,  संघीय ससंदका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको लामो समयदेखिको चुलिदै आएको विवाद टुंगिएको छ । १४औं महाधिवेशनको मिति यथावत् राख्ने तर तल्ला तहका अधिवेशनको मिति र विधानका धारामा गरिएको निलम्बन परिमार्जन गर्ने सहमतिकायम भएसंगै तत्कालका लागि जारी विवाद मथ्थर भएको हो ।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकमार्फत बहुमतका आधारमा १४औं महाधिवेशनको मिति तोक्नेसहित क्रियाशील सदस्यताका विषयमा रहेका विधानका केही धारालाई निलम्बन गर्ने निर्णय गरेसंगै सतहमानै छताछुल्ल भएको थियो । विवादकैककारण वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले केन्द्रीय समिति बैठक निरन्तर बहिष्कार गर्दै आएका थिए ।

त्यस्तै बैठकले १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने बाँकी तल्ला तहका अधिवेशन केही तोकिएकै मितिमा र केही हेरफेर गर्नेगरी सहमति भएको त्यस्तै तरुण दलको म्याद थपको निर्णयमा समेत शीर्ष तहमा सहमति जुट्नुको अलावा विभागको विस्तारित प्रारुप र केन्द्रीय समितिबाट गरिएको विधानका धारा निलम्बनको निर्णय फुकुवा गर्ने र नेपाल विद्यार्थी संघको रिक्त रहेको केन्द्रीय समिति समेत भागबन्डाबाट गठन गर्ने सहमति भएको नेताहरुले बताएका छन ।

यसैवीच काँग्रेस विवाद सहमतिमा रुपान्तरणभएसंगै सोमवार बस्ने केन्द्रीय समितिले  थप नितिगत निर्णय गर्दै काँग्रेस र कार्यकर्ता वृतमा देखिएको नैराश्यतालाइ सम्बोधन गर्दै थप उर्जाशिल बनाइने भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु