शुक्रबार, चैत्र १६, २०८०

कन्टेनर चेकजाँचको क्रममा मकैको बोराभित्र लुकाइ छिपाइ ल्याइएका ६१ बोरा कपडा बरामद

काठमाडौ माघ २,  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चेक जाँचको क्रममा भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित आनन्द लामालाइ बुधवार पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा बजारमूल्य ६० लाख रहेको उक्त परिणामको कपडा बरामद भएको जनाएको छ ।

त्यस्तै प्रहरी शंकाको भरमा “कन्टेनरको चेकजाँच गर्दा गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा बरामद भएको ६१ वोरा कपडा सहित लामालाइ नियन्त्रणमा लिदै आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।