शुक्रबार, चैत्र १६, २०८०

औषधि ऐन वर्खिलापका ट्रामा लगायतकाऔषधि सर्जिकल हाउसबाट बजारीकरण हुने गरेको खुलासा

( गोलाकार भित्र सञ्चालक भण्डारी)

औषधिमा दन्दहिनता र माफियाको बढ्दो रजगज विभागको लागि चुनौती        

श्रीजन झा /काठमाडौं माघ ३, मुलुकको औषधी जगतका नियमक निकाय औषधि व्यवस्था विभागले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यमा सोमवार राजधानीको क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउसका सञ्चालक (औषधिको बजारमा बुद्ध भण्डारीको नामले चिनिने ) पुरुषोत्तम भण्डारीको गोदाममा छाापा मार्दै उल्लेख्य परिणाममा औषधि ऐन २०३५ बर्खिलाप विभागमा दर्ता नभएका अवैध औषधि बरामद गरेसंगै औषधिको बजारमा प्रत्यक्ष र परोक्ष प्रारुपमा सल्बलाउँदै आइरहेका औषधि माफियाहरुको निद हराम भएका छन ।

औषधि व्यवस्था विभागले प्रचलित औषधि ऐनको वर्खिलाप विक्री वितरणमा रोक लगाएका औषधि कृपासुर ड्रग हाउसका सञ्चालक भण्डारीले विक्रि वितरण गर्दै जनमामानसको स्वास्थ्यमाथि खेलवाड गरेको मात्र नभइ प्रतिवन्धित यो वा त्यो नामका अवैध औषधि लागु औषधका दुव्र्यसनी जमातलाइ समेत मनोमानी मूल्यमा विक्री गर्दै दिन दुइ गुणा रात चौगुणाको रफ्तारमा कमाउ धन्दा सञ्चालन गर्दै आएको समाचार स्रोतको दावी रहेको छ ।

गत सोमवार विभागले कृपासुर ड्रग हाउसको गोदामबाट क्यान्सर र किड्नी जस्ता गम्भीर प्रकृतिको रोगका विरामीले दुखाइको पिडा कम गर्न प्रयोग गर्ने ट्रामा डोल , यौन उत्तेजना बढाउने जेनेग्रा , निद्रा लगाउने ‘अल्प्राजोलमसंगै गर्भ निरोधक लगायतका विभिन्न ब्राण्डका औषधि बरामद गेसंगै औषधिको बजारमा औषधि माफियाको बढ्दो कालाकतुर्तत र रजगजको खुलासा हुने क्रमले तिव्रता पाएको हो ।

यसरी मारियो छापा :  नेपाल प्रहरीले पक्राउ गरेका लागुऔषधिका दुव्र्यशनी माथिको छानविनको क्रममा दुव्र्यशनीको बयान मुताविक लामो समय यता देखि कृपासुर ड्रग हाउसले अवैध औषघिको कारोवार गर्दै आइरहेको खुलासा भएको हो । सम्वद्ध स्रोतका अनुसार लागु औषधका दुव्र्यशनीले पछिल्लो समय लागुऔषधको विकल्प ट्रामा डोलको प्रयोग गर्दै आइरहेको बुझिएको छ । त्यस्तै उनिहरुले ट्रामा डोल, डिभोमिन, स्पास्मो कफट्याव  औषधिको मिश्रण समेत प्रयोग गर्ने गरेको बुझिएको छ ।

( लागु औषधका दुव्र्यशनीले प्रयोग गर्ने औषधिको मिश्रण )

समाचार स्रोतका अनुसार कृपासुर ड्रग हाउसको गोदाम छापा प्रकरणमा फरार भनिएका सञ्चालक भण्डारी कृपासुर ड्रग हाउसका मात्र सञ्चालक नभइ ,विरेन्द्र सैनिक अस्पताल स्थित फार्मेसी र केहि समय अघिमात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले औपचारिक कार्यक्रमकावीच उद्घाटन गर्नु भएको काठमाडौं महानगरपालिका वडा न. १७ क्षेत्रपाटीस्थित धनोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सचिव समेत रहेको बुझिएको छ । त्यस्नै बुद्ध भन्ने पुरुषोत्तम भण्डारीले विगत देखिनै औषधिको बजारमा यो वा त्यो नामको अनेकन चलखेल सहित औषधिको बजारमा कमाउ धन्दा गर्दै आइरहेको जानकारी दिएका छन ।

यदि त्यसाते नभएको भए चिकित्सकको पूर्जा सहित अस्पताल फार्मेसीबाट मात्र विक्रि वितरण हुने ट्रामा डोल नामको औषधि भण्डारीको गोदामबाट उल्लेख्य परिणाममा कसरी भेटियो ? त्यस्तै नियमक निकाय औषधि व्यवस्था विभागमा दर्ता नभइ कसरी भित्रियो यो औषधि ? भन्ने अनुत्तरित प्रश्नको जवाफ आफैमा महत्वपूर्ण रहेकै कारण नियमक निकाय देखि सम्वद्ध समाचार स्रोतसंगको सम्पर्क पछि हामीलाइ प्राप्त जानकारी अनुसार ट्रामा डोल मात्र नभइ विभागले विक्रि वितरणमा रोक लागाएका थप अन्य औषधिको विक्री वितरणको मुख्य स्रोत भनेको औषधि व्यवसायको सर्जिकल सामाग्री विक्रिवितरणको जक्शन अर्थात सर्जिकल हाउसबाट हुने गरेको खुलासा गरेका छन ।

त्यस्तै समाचारस्रोतले कृपासुर ड्रग हाउसका सञ्चालक भण्डारीको पनि औषधिको मुख्य जक्सन मानिदै आएको क्षेत्रपाटी र अन्य क्षेत्रमा सञ्चालमा रहेका अस्पताल आसपास रहेका सर्जिकल आउसका व्यवसायीसंग्का बाक्लै हिमचिम रहेको र तीनै व्यवसायी समेत आवद्ध समुहले खुला सिमाको फाइदा उठाउँदै वोरामा ल्याएको दुखाइ कम गर्ने कडाखालका ट्रामा’लगायतका औषधि राजधानीको लाजिम्पाटस्थित कुनै गुप्त स्थानमा रिप्याकिङ्ग मेसिन समेतको व्यवस्था गरि अवैध औषधिको कारोवार गर्दै आइरहेको दावी गरेका छन ।

यसरी प्रतिबन्धित अनेकन औषधि अस्पताल आसपासका क्षेत्रमा खोलिएका प्राय सर्जिकल हाउसबाट बजारीकरण हुने गरेको दावी अनुरुप क्षेत्रपाटी जक्सनमा पनि साना-ठूला अस्पताल सञ्चालनमा रहेको बताए । त्यस्तै समाचार स्रोतले जवसम्म विभागले अस्पताल आसपाका सर्जिकल हाउसका गुप्त गोदाममा छापा मार्दै अनुसन्धान शुरु गर्दैन तवसम्म यो समस्याको पूर्णत निकारण नहुने जिकिर गर्दै कृपासुर ड्रग हाउस छापा प्रकरण नियमक निकाय औषधि व्यवस्था विभागको लाथि प्ररम्भिक विन्दु मात्र भएको र यसवीचमा कृपासुर ड्रग हाउस जस्ता अनेकन ड्रग हाउस सहेको बताउँदै जवसम्म औषधिमा दन्दहिनता र माफियाको बढ्दो रजगज रहन्छ तवसम्म यी र यस्ता हर्कतमा विरामको संभावना न्यून रहने बताए ।

त्यसअर्थमा पनि विभागले जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको औषधिको कारोवारलाइ मर्यादित बनाउँदै औषधिको गुणस्तारियता, विश्वनियमता बनाइ राख्न अवका दिनमा यो वा त्यो नाममा औषधिका वृतमा मौलाउँदै आएको दन्दहिनतालाइ विराम नदिने हो भने न्याउरी मारी पछुताउँनु सिवाय अन्य विक्लप रहन्न । पछिल्लो समय विभागको कदमलाइ जनजनले नियालिरहेका छन भन्ने तर्फ विभाग जुझारु हुन आवश्यक देखिन्छ । क्रमस….

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।