बुधबार, बैशाख १२, २०८१

एन्फा अनुशासन समितिको निर्णय: मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित, क्लवलाइ ५० हजार जरिवाना

काठमाडौ पुस २५,अखिल नेपाल फुटबल सङ्घ एन्फाको अनुशासन कमिटीले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाउँनुको अलावा सम्वद्ध क्लव मछिन्द्र र मनाङलाई रु ५० हजार जरिवानाको निर्णय गरेको छ ।

ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।तर खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमानै हात हालाहाल गर्दै झगडा गरेसंगै अनुशासन कमिटीले यस्तो निर्णय गरेको हो ।

अनुशासन समितिले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५- ५ खेल तथा रञ्जन विष्टलाई २ खेलमा प्रतिबन्ध सहित जनही रु १० हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई २-२ खेलमा प्रतिबन्ध सहित मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै रु १० हजार जरिवाना गर्ने निर्णय गरेको आफ्नो वेवपेजमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।