मङ्लबार, बैशाख ४, २०८१

एकमहिने स्वस्थानी व्रत आजबाट आरम्भ, साँखु सालीनदीमा भक्तजनको घुइचो

काठमाडौं पुस २५  , हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत आजदेखि आरम्भ भएको छ । त्यस्तै आजदेखि साँखु शाली नदीमा एक महिनासम्म मेला लागग्ने गर्दछ । मनले चिताएको पूरा हुने विश्वासका साथ एक महिना सम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।

स्वस्थानी व्रतकथामा पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको हो    शालिनदी मेलाको   अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप मोचन भइ पुण्य कमाइने धार्मिक जनविश्वास रहिआएको छ ।

यस वर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । समितिका अनुसार   शालिनदी मेला भने आजबाटमात्रै लाग्ने समितिले जनाएको छ ।

स्वस्थानी देवी अर्थात सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ । व्रतकथामा यिनै देवीको पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकाले उनले महादेव पति पाएको विश्वास गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174