शनिबार, बैशाख ८, २०८१

उपत्यकामा विभिन्न क्षेत्रमा सक्रिय डाँका गिरोहका आधादर्जन सदस्य पक्राउ

८ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका जोशी पक्राउ

काठमाडौ माघ १२,  नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न आधादर्जन अभियुक्तलाइ पक्राउ गरेको छ । महानगरीय प्रहरीले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको डाँका समूहका अभियुक्तहरुमा क्रमस दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।

त्यस्तै पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले पक्राउ परेका अभियुक्तले विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने लाखौ रकम लुटपाट गर्ने गरेको जानकारी दिदै अनुसन्धानको क्रममा निजहरुमध्ये भिम बहादुर घर्तीमगरले आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको जानकारी दिएका छन । साथै निजहरुको साथबाट नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल , सुनको औँठी र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जानकारी दिएका छन ।

यसैवीच प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको ८ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई शनिबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका जोशीलाई विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरेको र आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।