शुक्रबार, चैत्र १६, २०८०

आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर: प्रम ओली

काठमाडौ माघ २,  आज मुलुकमा भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने मुल नारा सहित २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा विसं २०५५ देखि देशभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै गरेको हो ।

दिवस मनाउँनुको मुख्य लक्ष्य भनेका जनचेतनाको अभिवद्धि गर्नु रहेको दिवस आयोजना मुल समितिले जनाएको छ । त्यस्ते आजको दिवस दिवसका भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।  आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै गर्दा २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाकलाइ केन्द्रविन्दु बनाउँदै गएको महाभूकम्का कारण हजारौको सख्या मानविय क्षति हुनुको अलावा काठमाडौं उपत्यकालगायत १८ जिल्लालाइ पूर्ण प्रभावित बनाएको थियो ।

जुन प्रभाव भूकम्पपछि चार वर्षकोको समय वितिसक्दा पनि आलै रहेको हामी सहजै देख्न सक्छौ । यसवीचमा उल्लेख्य सख्यामा निजी तथा सरकारी संरचनाको पुर्न निर्माण भएपनि अझै सयौको सख्यामा पुर्ननिर्माणका काम हुन सकेको छैन ।  साथै गृह मन्त्रालयले दिवसको अवसरमा सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन जारी गरेको निर्देशन अनुरुप काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गर्दै गरेको थाहा भएको छ ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज एक शुभकामना सन्देशमा दिदै प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने जनधनको क्षतिबाट जोगिन आवश्यक सजगता अपनाउन आह्वान गर्नुभएको छ । त्यस्ते उहाँले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा त्यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको बताउँनु भएको छ ।

साथै प्रम ओली आफ्नो सन्देशमा भूकम्प प्रभावित क्षेत्र मात्रै नभएर सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रुपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको उललेख गदैृ कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्न पूर्वतयारीमा विशेष ध्यान दिनैपर्ने बताउँदै त्यसका निम्ति सम्पूर्ण नेपालीलाइ आह्वान गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।