आइतवार, जेष्ठ ८, २०७९

पश्चिमी वायुको प्रभाव कमजोर हुँदै, यस्तो छ तीन दिने मौसमको पूर्वानुमान

 काठमाडौ पुस २०,  मौसम पूर्वानुमान महाशाखाले केहिदिन यता निकै सक्रिय रहदै आएको पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँनुको अलावा तराई क्षेत्रमा समेत मौसम सफा रहेने जनाएको छ ।

त्यस्तै मौसममा उतारचढाव नभएपनि बिहान र बेलुका चिसो बढ्ने संभावना भने रहेको जनाउँदै चिसोबाट जोगिन हुन सबैमा महाशाखाले अनुरोध सहित मौसमा उतार चढाव हुन समय नलाग्ने बताउँदै कृहि दिन पछि पुन पश्चिमी वायुको प्रभावकै कारण देशभरीको मौसम पूर्णरुपमा प्रभावित हुन सक्ने संभावना समेत रहेको जनाएको छ।

त्यस्तै महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा पौष २० गते (आइतबार)
दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार) दिउँसो : देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २२ गते (मंगलबार)दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीः देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ | देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु