शुक्रबार, बैशाख ७, २०८१

यौन दुर्व्यवहार प्रकरण: महरालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं पुस ३ , उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको पुनरावेदनमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाही बलात्कारप्रकरणको पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौंका आदेशमा थुनामा रहेका महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

तर पुनरावेदनको सुनुवाइमा जिल्लाकै आदेश सदर भएसंगै महरा डिल्लीबजार कारागारमा थुनामै रहने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।