बिहिबार, चैत्र १५, २०८०

सत्तारुढदल नेकपा र राजपावीच राष्ट्रियसभा सदस्य सिटका लागि बन्यो यस्तो सहमति

काठमाडौं पुस २, सत्तारुढ दल नेकपार र राष्ट्रिय जनता पार्टी नेपालबीच दुईबुँदे सहमति भएको छ ।

बुधबार प्रधानमन्त्रीकोसरकारी निवास बालुवाटारमा भएको वार्तामा यी दुइदलवीच माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–२ को राष्ट्रियसभा निर्वाचनका रिक्त ४ स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने त्यस्तै, प्रदेश–२ कै महिला र दलित पुरुष समूहको रिक्त दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको हो ।

नेकपा र राजपाबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमतिसमेत भएको जनाइएको छ । सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष प्रचण्ड र राजपा अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।