बिहिबार, बैशाख ६, २०८१

छ किलोमा तिर्थाटन यात्रु सवार बस दुर्घटना हुँदा १४ को मृत्यु, १८ घाइते

काठमाडौ मंसिर २९, दोलखाको कालिञ्चोक तिर्थाटन गरेर फर्केका  यात्रुवहाक बस सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका–७ को छ किलो भन्ने स्थानमा आज विहान बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै करिव करिब चालिस यात्रु सवार रहेको गरेको बा४ख ४४६८ नम्बरको बसमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले  दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुली नसकेको जनाउँदै दुर्घटनाका घाइते यात्रुको खाडीचौरस्थित सिन्धुसदाबहार अस्पताल र काभ्रेको धुलिखेलमा उपचार भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।