शुक्रबार, चैत्र १६, २०८०

बौद्धनाथ क्षेत्रलाइ पनि सहयोगापेक्षी सडक मानवमुक्त  बनाइने

काठमाडौ मंसिर २८, काठमाडौ महानगरपालिकाभित्रका मुल सडक चौराह गल्ली लगायत यत्र तत्र सर्वत्र यो वा त्यो नाममा रहेका सडक मानव मुक्त गर्ने लक्ष्य अनुरुप काठमाडौ. महानगरले  सञ्चालन गर्न लागेको  बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौ महानगर बनाउने  अभियान विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुपा परिसरमा पनि आइतवारबाट कार्यान्वयन गरिने भएको छ ।

काठमाडौं महानगर पालिका वडा न छ , वौद्धनाथ क्षेत्र विकास समिति स्थानीय प्रहरी ,स्थानीय संघसंस्था लगायतको सहकार्यमा बौद्धनाथ स्तुपा परिक्रमा र अवलोकन गर्न आउँने पर्यटकलाइ हैरानी गर्दै आएका सडक सहयोगापेक्षी अर्थाथ विभिन्न प्रारुपका मगन्तेबाट मुक्त बनाउँदै उनिहरुलाइ यस क्षेत्रमा क्रियाशील मानव सेवा आश्रम केन्द्रमा संरक्षण गर्ने लक्ष्य महानगरले लिएको छ । यसैक्रममा बौद्धनाथ क्षेत्र विकास समिमिले सरोकारवाला संघसंस्थासंग एक छलफल कार्यक्रमको आयोजना गर्दै यस सम्बन्धी रणनितिक योजना सहित प्रस्तुत कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । छलफलमा विकास समितिका अध्यक्ष चन्द्र लामा,कार्यकारी निर्देशक बसन्त लामा , वडा न. छ का वडाध्यक्ष दिपेन्द्र लामा ,स्थानीय संघसंस्थाका प्रतिनिधी , प्रहरी प्रशासन लगायतका प्रतिनिधीको उपस्थिती रहेको थियो । त्यस अवसरमा मानव सेवा आश्रमको तर्फबाट सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।