बुधबार, बैशाख १२, २०८१

आज स्वर्णका लागि नेपाल र भुटानवीच पुरूष फुटबल फाइनलको रोमाञ्चक प्रतिस्प्रर्धा हुँदै

काठमाडौ मंसिर २४ , १३ औं साग अन्तर्गत पुरूष फुटबलको फाइनल खेलमा आज नेपालले भुटानको सामना गर्दैछ । फाइनल खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । सागको समापनमा फुटबलको फाईनल खेल हुन लागेको हो ।  आज आफ्नै घरेलु मैदानमा हुन लागेको साग फुटवलको फाइनलमा पहिलोपटक फाइनलमा पुगेका भूटानलाइ पराजित गर्दै नेपालले स्वर्ण पदक र कप उचाल्लने विस्वास सर्वत्र गरिएको छ ।

यसअघिको छनोट चरणमा नेपालले भूटानलाइ पराजित गरेका कारण पनि यसपटक सागको फुटवलको स्वर्ण नेपालले आफैनै पक्षमा पार्ने अनुमान गरिएको हो । तर छनोट चरणमा नेपाल वाहेक सवैलाई हराएको भुटानपनि पहिलोपटक उपाधि जित्ने आफ्रनै रणनितिक योजना वोकेको भूटान र नेपालवीचको आजको प्रतिस्प्रर्धा आफैमा रोमाञ्चक हुने भएको छ । 

स्मरण रहेस सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पारिसकेका छन । यदि आज नेपालले उपाधी जित्दै नेपालले आयोजक राष्टको गरिमालाइ अभिवृद्धि गर्न नितान्त आवश्यक महत्वपूर्ण मानिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।