बुधबार, बैशाख १२, २०८१

१३ औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद सागको आज औपचारिक उद्घाटन हुँदै

काठमाडौ मंसिर १५,  १३ औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद ९साग० को औपचारिक सुरुवात आइतबारदेखि हुँदैछ । सागको बेलुका दशरथ रङ्गशालामा आयोजना हुने भव्य समारोहबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन् । काठमाडौ, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रस्तुत प्रतियोगिताको उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताईएको छ ।

सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ ।

साथै सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन श्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।