शुक्रबार, बैशाख १४, २०८१

सिद्धबाबा’ उर्फ कृष्णदास गिरी ३ लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं पुस १४, जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले यौन दुर्व्यवहारको अभियोगमा प्रहरी हिरासतमा रहेका ‘सिद्धबाबा’ उर्फ कृष्णदास गिरीलाइ धरौटीमा रिहा गरेका छन ।

सिद्धबाबाको नामबाट परिति कृष्णदास गिरी विरुद्ध उनकै अनुयायी भनिएका २९ वर्षीया महिलाले चतरास्थित आश्रममैँ आफूलाई करणी गरेकोू भन्दै प्रहरीमा किटानी उजुरीको दिएको पाँच हप्तापछि गिरीलाइ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आफूविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको पक्राउ पुर्जीसमेत जारी भएसंगै  ४६ वर्षीय कृष्णबहादुर गिरी विराटनगरको एक निजी अस्पताल भर्ना भइ सघन उपचार कक्षमा उपचारारत रहेकै अवस्थामा प्रहरीले  गत मंसिर १६ गते पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।
अदालतमा उपस्थित गिरीको मुद्दामा पटकपटकको म्याद थप र थुनछेक बहस सकिएसँगै अदालतले आज ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।