बिहिबार, चैत्र १५, २०८०

सामाजिक सञ्जालको प्रयोग गर्दै करोडौं रुपैयाँ ठगी गर्ने ३ अभियुक्त पक्राउ

काठमाडौं मंसिर २५ , नेपाल प्रहरीले भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल गलत प्रारुपमा प्रयोग गर्दै चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा ३ जनालाए पक्राउ गरि सार्वजनिक गरेका छन । प्रहरीले आज सार्वजनिक गरेका अभियुक्तत्रयमा क्रमस दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन ।

त्यस्तै प्रहरीले नाईजेरियन तथा भारतीय नागरिकले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरूलाई एजेण्ट बनाई लामो समयदेखि विभिन्न सामाजिक संजाल प्रयोग गरी अनलाईनको माध्यमबाट चिठ्ठा परेको र पार्सल आएको छ भनी प्रलोभनमा पारी करोडौं रकम ठगी गर्नुका साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरू समेत ह्याक गर्ने कार्यमा समेत संलग्न रहेको अभियोगमा निजहरुलाइ पक्राउ गरेको जनाएको छ।

साथै अपराध महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ परेका अभियुक्तत्रयको कृषि विकास बैंक र पानस रेमिट ‘ह्याक’ प्रकरणमा समेत संग्लग्नता देखिएको जनाउँदै ठगी गरेको रकम नाइजेरियन नागरिक पिटन हर्मन असेन्जा र ब्रिटिस नागरिक स्मिथ मोरिसलाई पठाउने गरेको पनि जनाउँदै यसवीचमा पक्राउ परेका गिरोहले १६ ओटा बैंकमा गरेको कारोबार हेर्दा झन्डै १५ करोड रुपैयाँभन्दी बढी ठगी गरेको खुल्न आएको पनि जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

,