शनिबार, बैशाख ८, २०८१

सरकारको रवैयाका कारण संघीयता धरापमा : काँग्रेस सचेतक भुसाल

भक्तपुर पुस ७, नेपाली काँग्रेस सघीय संसदका सचेतक पुष्पा भुसालले दुइ तिहाईको सरकार सिमाको बिषयमा मौन रहनु रस्यमय भएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस नेतृ भुसालले नेपाली सिमाको सवालमा सरकार मौन रहदै कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताउनु भएको हो ।

उहाँले सरकारले केवल सिंहदरवारलाई मात्र मजबुत बनाउने खेलमा लागेका कारण संघीयता धरापमा पर्दै गएको बताउँदै उहाँले प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदरवारको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

उहाँले वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा कौडिको मूल्यमा उपलब्ध गराउँदै जानुले सरकारको भ्रष्ट चरित्र प्रष्टाएको बताउँदै उहाँले कम्युनिष्ट सरकार कानुन भन्दा माथी जान खोजेको बताउँदै उहाँले पछिल्लो समय सरकार स्वयमले भ्रष्टाचार,हत्या हिंसालाई प्रश्य दिदै यहाँ सम्मकी अनुसन्धान बिभागको बिशेष सेवा गठन ऐन संसोधन गर्न संसदमा प्रबेश गराएको र अनुसन्धान बिभागलाई ब्यक्तिको घर खोजतलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर ब्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उलंघन गर्न समेत लागि पर्दै आएको आरोप लगाउँनु भएको छ । त्यस्तै नेपाली काँग्रेसले अव गुट उपगुटको राजनीतिलाई चिर्दै सभापतिले बिचारको राजनीतिलाई अग्रसरता दिने उहाँले बताउनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।