बिहिबार, बैशाख १३, २०८१

रु दुई लाख घुस लिँदैको अवस्थामा नासु नवोनाथ पक्राउ

काठमाडौं मंसिर २५ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सेवाग्राहीसँग रु दुई लाख घुस लिँदैको अवस्थामा सप्तरीको महदेवा गाउँपालिका–६ का वड सचिव तथा नासु नवोनाथ मिश्रलाई पक्राउ गरेका छन ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेखभएअनुसार प्राप्त उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रलाई घुस लिइरहेको अवस्थामा मंगलवार पक्राउ गरिएको उल्लेख गरिएको छ । त्यस्तै पक्राउ परेका मिश्रउपर आवश्यक अनुसन्धान शुरु गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।