बिहिबार, बैशाख ६, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भाग लिन ११ दलको आवेदन

काठमाडौ पुस ६ , आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) छन् ।

आयोगले गत मंसिर २७ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजसम्मको मिति रेखा तय गर्दै निवेदन आव्हान गरे अनुरुप निर्वाचन प्रयोजनकै लागि नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले निवेदन दिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।